सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १७:०९:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि राजमोले गठबन्धन त्यागेको घोषणा गरेको हो ।
“एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यस्तो जालझेल र षडयन्त्रका लागि हामी मतियार बन्ने कुरा भएन त्यसैले जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।”
आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको हाे ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलक तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्याएको उल्लेख छ ।
केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पाँचदलीय गठबन्धनको निर्माण र निरन्तरतामा राजमोले जोड दिए पनि गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको पनि केसीले बताएका छन् ।
त्यस्तै एमसीसी अनुमोदन गर्दा मतविभाजन नगरी ध्वनि मतको सहारा लिएकोमा पनि राजमोको आपत्ति छ । राजमोको विज्ञप्तिमा भनिएको छ, 'एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पुर्याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ ।'
एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित भए पनि त्यसलाई राजमोले औचित्यहीन बताएको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरेको नौटङ्की मात्र भएको पनि राजमोको आरोप छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस