राजनीति

आज एमसीसीबारे छलफल हुँदै , कडा सुरक्षा घेराभित्र संसद भवन

काठमाडाैं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) माथि छलफल हुने भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसअघि प्रतिनिधिसभा बैठक बस्ने दिनहरूमा काठमाडौँमा चर्को आन्दोलन हुँदै आएको छ । संसदबाट एमसीसी अनुमोदन हुने भएसँगै भएको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

नयाँबानेश्वर क्षेत्रमा आज एसपी दिनेश मैनालीको नेतृत्वमा दुई हजार ३५३ जना नेपाल प्रहरी खटिएका छन् । यस्तै, सशस्त्र प्रहरीका एसपी नरेन्द्र सेनको नेतृत्वमा एक हजार ५६४ जना सशस्त्र प्रहरी खटिएका छन् ।

यस्तै, काठमाडौँबाहेक धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट प्रहरी काठमाडौँ ल्याइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत