मच्छिन्द्र बन्याे 'ए' डिभिजन लिग फुटबलको च्याम्पियन, सुनिल सर्वोत्कृष्ट खेलाडी घाेषित
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | २०:१५:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले शनिबार अपराजित रहँदै ‘ए’ डिभिजन ०७८ को ट्रफी उचालेको हाे । लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रको ३५ अंक भएको छ । उसले लिगका १३ चरणका खेलमध्ये कुनैमा पनि हार बेहोरेनन् र एपीएफलाई हराएर लगातार आठौं जित निकाल्न सफल रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए ।
खेलको ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो । मछिन्द्रले विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल ब्यहोरेको थियो ।
मछिन्द्रले लगातार दोस्रो पटक लिगको उपाधि जितेको हो ।
उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ ।
यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो ।
उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।
ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौं स्थानमा रह्यो ।
यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झरेको छ ।
सुनिल सर्वोत्कृष्ट खेलाडी
मछिन्द्र फुटबल क्लबका सुनिल बल कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे ।
फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे ।
यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए ।
आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे ।
फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस