स्रोत नखुलेको करिब १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | ११:५९:०० मा प्रकाशित
काठमाडाैं । स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको प्रहरीले जानकारी दिएकाे छ ।
महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कम्बरमा रातो कपडाको थैलीभित्र लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँको स्रोत नखुलेको प्रहरीले बताएकाे छ ।
स्रोत नखुलेको रकमसहित चौधरीलाई कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ भने उनीसँग एक थान मोटरसाइकल, एक थान मोबाइल र एक थान भारतीय सिम कार्ड समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस