स्रोत नखुलेको करिब १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | ११:५९:०० मा प्रकाशित

काठमाडाैं । स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको प्रहरीले जानकारी दिएकाे छ ।
महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कम्बरमा रातो कपडाको थैलीभित्र लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँको स्रोत नखुलेको प्रहरीले बताएकाे छ ।
स्रोत नखुलेको रकमसहित चौधरीलाई कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ भने उनीसँग एक थान मोटरसाइकल, एक थान मोबाइल र एक थान भारतीय सिम कार्ड समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस