प्रहरीको गोली लागेर एक भारतीय गाँजा तस्करको मृत्यु
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | ११:१३:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बारामा एक भारतीय गाँजा तस्करको मृत्यु भएको हाे । हिजाे राति सात-आठ जनाको समूहले ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको गस्ती बढाइएकाे थियाे ।
प्रहरी टोली गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका २ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउण्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ः३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापा रहेका छन् ।
शवलाई प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस