माछापुच्छ्रे बैंकका थापा, न्याैपाने र अर्यालकाे बढुवा
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | १८:२९:०० मा प्रकाशित
काठमाडाैँ । माछापुच्छ्रे बैंकले हालै बैंकको विभिन्न पदमा तीन जनाकाे बढुवा गरेकाे छ । यसरी बढुवा हुनेमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रवन्धकमा प्रसिद्धराज अर्याल रहेका छन् ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध छन् ।
माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।
त्यस्तै नायव महाप्रवन्धक पदमा बढुवा भएका अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशकजतिको अनुभव सगालेको बैंकले जनाएको छ । अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस