राष्ट्रको पक्षमा बोल्न कांग्रेस डराउनु पर्दैन, पार्टीले गरेकाे कामकाे प्रचार कम भइरहेकाे छ : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १२:५६:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) राष्ट्र हितमा रहेकाे बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू लागिपरेको तर पास वा फेल जे पनि हुनसक्ने बताएका छन्।
कांग्रेसको सर्वसम्मत निर्णयअनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उनले बताए ।
‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन। तर राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो यो। हामीले भन्नुपर्छ यो, सत्य हो। राष्ट्रका पक्षमा बोल्न कांग्रेस डराउनु हुन्न,’ उनले भने ।
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
पार्टीले राम्रो काम गरिरहेको भए पनि जस अरूलाई जाने, इर्ष्याका कारण पार्टीको नगर्ने गरिएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन ।’
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबीसमेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस