राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | ०८:५६:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बिहीबारदेखि सुरु भएको बैठकमा आज मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिनेछ ।
नेविसंघ , तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ भने म्यादसमेत सकिएको अवस्था छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठक भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिने बताए । जारी बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ ।
बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरु समेत गठन गर्ने जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस