पुल भाँचिएपछि तीनवटा ट्रक अरुण नदीमा
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | ०८:३४:०० मा प्रकाशित
खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।
मकालु–५ को नुम र वडा नम्बर–१, वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बोकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
प्रजिअ खतिवडाले निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको बताए ।
ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए ।
पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुको भनाइ छ । तीनवटै ट्रक हाइड्रोपावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले जानकारी दिए ।
पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् ।
वि.सं. २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस