स्वास्थ्य

देशभर काेराेना संक्रमितकाे संख्या २९ हजार, आज १,३६९ जना थपिए, १२ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोभिड १९ संक्रमित थपिएका छन् ।११ हजार ८८० वटा नमुनामा परीक्षण गर्दा १,३६९ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।

आज १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता