नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम भने बढ्याे
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १५:१८:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारको अन्तिम दिन बिहिबार पनि दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो ।
आज कारोबार रकममा भने सामान्य वृद्धि भएको नेप्सेले जनाएकाे छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको नेप्सेेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस