नेपाल राष्ट्र बैंकद्वारा ९ अर्ब ५० करोड विकास ऋणपत्र जारी गरिने (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १२:०१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले साढे ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हाे । बैंकले बुधबारदेखि दुई वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने जनाएकाे छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई उक्त विकासपत्र खरिदका लागि आह्वान गरेको छ ।
इच्छुक खरीदकर्ताले भाेलि दिउँसो ३ बजेसम्म विकासपत्र खरिदका लागि दरखास्त दिन सक्ने बैंकले जनाएकाे छ । अनलाइन बोल कबोलमार्फत जारी गरिने यस विकास ऋणपत्र राष्ट्र बैंकको वेबसाइटबाटै आवेदन दिनुपर्नेछ ।
प्रतिस्पर्धाका आधारमा बिक्री गरिने भएपनि यस विकास ऋणपत्रलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई भागमा विभाजन गरिएको छ । जसमा कुल विकास ऋणपत्रको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धी बोलवालाहरुलाई र १५ प्रतिशत विकास पत्र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको बैंकले बताएकाे छ ।
बैंकका अनुसार कुल ९ अर्ब ५० करोड विकास ऋणपत्र मध्ये ८.०७५ अर्ब खुल्ला प्रतिस्पर्धात्मकबाट र १.४२५ अर्ब विना प्रतिस्पर्धा बिक्री गरिनेछ । माघ २६ गतेदेखि जारी हुने ऋणपत्र आगामी २०८० माघ २६ गते परिपक्व हुने छ ।
ब्याज भने खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६-६ महिनामा पाउँनेछन् । यस्तो ऋणपत्र आवश्यक परेको खण्डमा खरिदकर्ताले धितोको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा समेत राख्न पाउने बैंकले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस