गाउँ सहर

मादक पदार्थ सेवन गरी दुई जनाको हत्या

काठमाडाैं । खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको हाे । हिजाे साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता