स्वास्थ्य

काेराेना किराले थप १३ जनाकाे ज्यान लग्याे, १ हजार ५७० नयाँ संक्रमित थपिए

काठमाडाैँ । काेराेना किराले पछिल्लाे २४ घण्टामा थप १३ जनाकाे ज्यान लगेकाे छ । याेसहित कुल मृत्यु हुनेकाे संख्या ११ हजार ८२७ पुगेकाे छ ।

साे अवधिमा ११ हजार ३६५ जनाकाे परीक्षण गर्दा १ हजार ५७० नयाँ संक्रमित थपिएका छन् भने ६ हजार १४६ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा १ लाख ७८ हजार ५७९ जनाले खाेप प्राप्त गरेका छन् ।

देशमा अहिले सक्रिय संक्रमित ४० हजार १११ रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता