जय नेपाल पार्टीमा तीन जना केन्द्रीय सदस्य थप
- गाउँ सहर संवाददाता
- २१ भदौ आइतबार, २०८३ | १८:५४:०० मा प्रकाशित
काठमाडाैं । डा. धबलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीमा तीन जना केन्द्रीय सदस्य थपिएका छन्। आइतबार सो पार्टीले एक विज्ञप्ति जारी गर्दै विधानबमोजिम केन्द्रीय कार्यसमितिमा तीन जना सदस्य थप गरिएको जानकारी गराएको हो।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिमा थपिएका सदस्यहरूमा उषा थापा मगर (कञ्चनपुर), प्रभात पोखरेल (सुर्खेत) र गोपाल प्रसाद ढकाल (सर्लाही) रहेका छन्।
पार्टीले विधानमा भएको व्यवस्थाबमोजिम उनीहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गरेको जनाएको छ। विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी तीन जना सदस्य थपिएसँगै पार्टीको केन्द्रीय कार्यसमितिमा थप प्रतिनिधित्व सुनिश्चित भएको छ।
सचिवालय प्रमुख लावतीले विधानअनुसार केन्द्रीय कार्यसमितिमा सदस्य थप गरिएको जानकारी गराएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस