चाेरीका माेटरसाइकल सहित दुई युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले राजधानीमा मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा दुई जनालाइ पक्राउ गरेकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समिर तामाङ् रहेको प्रहरिले जनाएकाे छ ।
तामाङ्ले वास्तविक नम्बर बा. प्र. ०२, ०२९ प ५२०९ भएको मोटरसाइकलमा बा. प्र. ०२, ०२५ प १३१८ नक्कली नम्बर प्लेट राखेका थिए । त्यस्तै, बा. ९८ प ७९६१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका महतराले बा. ९९ प ४८८२ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी प्रयोग गर्दै आएकाे प्रहरीले बताएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरिले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस