एक दिनमा ८६ जनाले जिते काेराेना
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १४:५३:०० मा प्रकाशित
नेपालगञ्ज । आज ८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । जुन ४५.७१ प्रतिशत हो । यसमा बाँकेका मात्र १४ जना छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५१ छ । थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा ७० नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
भेरीमा २० नमुना जाँच्दा ११, मेडिकल कलेजमा ३५ मा १५ र बागेश्वरी ल्याबमा १५ नमुनामा ६ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ४८ जना उपचाररत छन् । ती मध्ये ४६ जना मध्यम र २ जना सिकिस्त छन् ।
यस्तै जमुनाहा नाकामा २८४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको वलीले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस