अर्थतन्त्र

नेपाल राष्ट्र बैंकद्वारा सात लाखभन्दा बढी नगद कारोबार गर्नेकाे विवरण माग

काठमाडाैं । सात लाखभन्दा बढी नगद कारोबार गर्ने व्यक्ति तथा संस्थाको विवरण माग गरिएकाे छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सात लाखभन्दा बढी नगद कारोबार गर्ने व्यक्ति तथा संस्थाको विवरण माग गरेको हाे ।

मंगलबार जारी गरेको सूचनामा सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको भए नभएको बुझ्नका लागि यस्तो विवरण माग गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचना अनुसार २०७८ साउनदेखि पुस ३० गतेसम्मको यस्तो विवरण माग २४ गतेभित्र बुझाउन पर्ने उल्लेख छ ।  

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत