शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएकाे राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकाे ठहर (विज्ञप्तीसहित)
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १०:४४:०० मा प्रकाशित
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएको ठहर गरेको छ ।
शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको छ ।
राप्रविसंका अध्यक्ष धनसुर शाहीका अनुसार ‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ । देशलाई यो भूमरिबाट बाहिर ल्याउन केबल राप्रपाले मात्रै सक्ने अवस्था छ ।
समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्याएको भन्ने उनको जिकिर थियो ।
बैठक राप्रविसंको महाधिवेशन र देशको विषम परिस्थितिमा केन्द्रीत थियो ।
महासचिव एन्टीसंघर्ष राईले बैठकलाई सम्बोधन गर्दै भने, ‘हामीले हाम्रो लक्ष्य प्राप्त गर्न पार्टी सफल हुनुपर्छ । पार्टी अध्यक्षको नेतृत्वमा पार्टीलाई सफल बनाउन हामी सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्छ ।'
पार्टी र संगठनमाथि आँच आउने किसिमको विषय सामाजिक सञ्जालमा छरपस्ट नगर्न बैठकले सम्पूर्णलाई कडाईका साथ सचेत गराएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस