शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएकाे राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकाे ठहर (विज्ञप्तीसहित)
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १०:४४:०० मा प्रकाशित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएको ठहर गरेको छ ।
शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको छ ।
राप्रविसंका अध्यक्ष धनसुर शाहीका अनुसार ‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ । देशलाई यो भूमरिबाट बाहिर ल्याउन केबल राप्रपाले मात्रै सक्ने अवस्था छ ।
समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्याएको भन्ने उनको जिकिर थियो ।
बैठक राप्रविसंको महाधिवेशन र देशको विषम परिस्थितिमा केन्द्रीत थियो ।
महासचिव एन्टीसंघर्ष राईले बैठकलाई सम्बोधन गर्दै भने, ‘हामीले हाम्रो लक्ष्य प्राप्त गर्न पार्टी सफल हुनुपर्छ । पार्टी अध्यक्षको नेतृत्वमा पार्टीलाई सफल बनाउन हामी सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्छ ।'
पार्टी र संगठनमाथि आँच आउने किसिमको विषय सामाजिक सञ्जालमा छरपस्ट नगर्न बैठकले सम्पूर्णलाई कडाईका साथ सचेत गराएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस