कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघ्यो
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १०:३०:०० मा प्रकाशित
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको हाे ।
पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो ।
अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।
वल्डोमिटरका अनुसार अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ ।
नेपालमासमेत पछिल्ला दिन संक्रमण तीव्र बन्दै गएको छ । सरकारले ओमिक्रोन तीब्र फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा गर्न अनुरोध गर्दै आएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ८२ हजार नाघेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस