वातावरण

आज यी स्थानहरूमा बदली, हल्का वर्षा अनि हिमपात

काठमाडाैँ । आज २०७८ माघ ११ गते (मंगलबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

गाउँ सहर संवाददाता