बिग्रीयाे माैसमः न्यून चापीय प्रणालीले शनिबार, आइतबार र सोमबारसम्म नेपालभर प्रभाव पार्ने
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन ७ हिउँद यामको विशेष मौसम अपडेट गराउँदै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने संभावना रहेको बताएकाे छ ।
उसका अनुसार हाल नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणाली कमजोर अवस्थामा रहेको र भोली शनिबार विहान देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने संभावना रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ ।
गणितीय मौसम पुर्वानुमानको परिक्षण (Experimental) मोडल अनुसार बिहीबार राति ११:४५ बजे देखि सोमबार विहान ११:४५ बजे सम्मको वर्षाको पूर्वानुमान निम्नानुसार रहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार यस प्रणालीको प्रभावले सोमबार सम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यसका साथै सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । मंगलबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।
महाशाखा भन्छ, "यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । चिसो मौसममा अत्याधिक विजुलीको माग बढ्न गई नियमित प्रशारणमा प्रभाव पर्न सक्ने तथा झ्याल ढोका बन्द गरी कोठामा आगो बाल्दा आगलागी र धुवाँको कारण ज्यान जोखिममा हुन सक्ने भएकोले थप सतर्कता अपनाउनुहुन पनि अनुरोध छ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस