समाज
प्रतिकात्मक तस्बिर
कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा मृत्यु, टिपर चालक फरार
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | ०८:२७:०० मा प्रकाशित

काठमाडौं । कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एकजना घाइते भएका छन् ।
तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो । लिम्बुको राति नै उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस