एमालेका कार्यकर्ता पुन ठगी मुद्दामा पक्राउ
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १३:१५:०० मा प्रकाशित
काठमाडाैं । ठगी मुद्दाका एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुन रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको जानकारी दिएकाे छ ।
कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ ।
गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन् । खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए ।
विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।
दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।
विकास नेकपा एमालेका कार्यकर्ता हुन् । राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताएका छन् ।
विकासलाइ काठमाडाैंबाट दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस