एमालेका कार्यकर्ता पुन ठगी मुद्दामा पक्राउ
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १३:१५:०० मा प्रकाशित

काठमाडाैं । ठगी मुद्दाका एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुन रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको जानकारी दिएकाे छ ।
कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ ।
गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन् । खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए ।
विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।
दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।
विकास नेकपा एमालेका कार्यकर्ता हुन् । राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताएका छन् ।
विकासलाइ काठमाडाैंबाट दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस