कला

लघुकथा: जस्तालाई तस्तै

  • १ माघ शनिबार, २०७८ | १०:२८:०० मा प्रकाशित

"कस्तो झन्झट, ठाउँमा मान्छे नभए त केही नहुने रहेछ नेपालमा । १५ चोटि फोन गर्दा बल्ल एकपटक फोन उठाएका थिए । अफिसमै आउनु रे । ४/४ हजार तिरेर फर्म भरेको, १० दिन बितिसक्दा नि न भेरिफिकेसन नं आउँछ न राम्रो रेस्पोन्स । न मेल चेक गर्छन् । अब म भ्याली बाहिरको मान्छे कसरी पुग्नु त भन्नासाथ ।" आरतिले भुतभुताउँदै फोन राखी । "अब कसलाई भन्ने होला त?"

उसले कक्षा ५ सम्म सँगै पढेकी साथी संगितालाई सम्झी । उनीहरू असाध्यै मिल्ने साथी थिए । ऊ काठमाडौँमा बसेर पढ्थी । मेसेन्जरमा कहिलेकाहीँ कुरा हुन्थ्यो । उसैलाई कल गरी । उसले मैले पनि कसैलाई चिनेको छैन भनी । आरतिले मीत दाइ र भाउजूलाई फोन गरी । अफिसमा बिदै मिल्दैन भने । कहीँबाट नि सहयोग नपाएपछि ऊ नाइट गाडीमा काठमाडौँ आई । जब फर्म बुझ्ने अफिसमा पुगी तब एकजना कर्मचारी ठूलो ठूलो स्वरमा कड्किए" एउटा फर्म राम्ररी भर्ने ढङ्ग नहुने मान्छेले कसरी पढ्नुहुन्छ बि. पि. एच ?" आरतिको कन्सिरीको रौँ तातेर आयो" सेवाग्राहीसँग राम्ररी बोल्ने ढङ्ग नहुनेले कसरी हाँक्छन् कर्मचारीतन्त्र ?"

तपाईँको मत