विशेष
व्यवसायिक जीवन होस् वा व्यक्तिगत, मकर संक्रान्तिबाट धेरै कुरा सिक्न सकिन्छ
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १५:४४:०० मा प्रकाशित
काठमाडाैँ । आज १४ जनवरी । सूर्य सधैँ जस्तै भ्रमणमा छन्, तर आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्दैछन् । एक राशिबाट अर्को राशिमा जानु अर्थात संक्रमणलाई नै सङ्क्रान्ति भनिन्छ ।
यो संक्रान्तिलाई उत्तरायण पनि भनिन्छ । कारण एउटै छ - सूर्य अब विस्तारै दक्षिणबाट उत्तरतिर सर्छन् । अर्को विशेष कुरा - उत्तरायणमा दिन लामो र रात छोटो हुन्छ । मकर संक्रान्तिको दिन सूर्यको विशेष पूजा गरिन्छ तर यो पर्वमा जीवन र सफलताका धेरै स्रोत लुकेका छन् । व्यवसायिक जीवन होस् वा व्यक्तिगत, मकर संक्रान्तिबाट धेरै कुरा सिक्न सकिन्छ ।
- मकर संक्रान्तिको सिधा सम्बन्ध सूर्य र उचाईसँग हुन्छ । यसको पहिलो सन्देश जीवनमा उचो प्रगति हासिल गर्नु । यसको लागि जरुरी छ तपाईंको इच्छा र लक्ष्य उचो हुनुपर्दछ ।
- मकर संक्रान्तिको दोस्रो सन्देश भनेको कोसिस हो । ठूलो लक्ष्य हासिल गर्नको लागि ठूलै कोसिस र सानो लक्ष्यको लागि सानै । अनिमात्र उचो प्रगति गर्न सकिन्छ ।
- मकर संक्रान्ति सूर्यको पूजा अर्थात पर्व हो । सूर्यको अर्थ उज्यालो हो । ग्रन्थका अनुसार जीवनमा ज्ञानको उज्यालो हुनुपर्दछ ।
- चौथो सन्देश भनेको चङ्गा उडाउने परम्परा हो । चङ्गा उडाउने नियम छ, जतापट्टि हावा चलेको छ त्यतै उडाउने । हावाले दिशा परिवर्तन गरे चङ्गाको दिशापनि परिवर्तन हुन्छ ।
- चङ्गा आकाशमा जति नै उचाईमा उडिरहेको हुन्छ त्यति नै आनन्द दिन्छ । यस्तै जीवनको उडानपनि यस्तै हुनुपर्छ । कुनैपनि परिस्थितिमा हाम्रो हातबाट डोरी चुँडिनुहुन्न ।
- मकर संक्रान्तिमा तिल, सक्खर खाने परम्परा छ । तिलले गर्मी बनाउँछ, सक्खर, तरूलले ग्लूकोजको मात्रासँगै मुख मिठो बनाउँछ । तपाईंको व्यवहारमा उर्जा थप्ने काम गर्छ यी खानेकुराले ।
- मकर संक्रान्ति राशिको हिसावले पनि पर्वको रुपमा हेरेको पाइन्छ । शनि राशिमा सूर्यको प्रवेश भनेको छोराको घरमा मातापिता आउनु हो ।
- मकर संक्रान्तिबाट दिन लामो हुने गर्दछ । यसले के सन्देश दिन्छ भने कम सुत्ने र बढी काम गर्ने ।
- सूर्य मकरमा प्रवेशसँगै मलमास समाप्त हुन्छ । विवाह तथा मांगलिक कार्य सुरु हुने गर्दछ ।
- चङ्गा खेल्दा जित—हार हेरिँदैन, केवल आनन्द लिइन्छ । मकर संक्रान्तिले असफलता, कोसिसको सुरुवात गर्न सिकाउँछ । मनमा उत्साह र नयाँ उमंगसहित पुनः कोसिस सुरु गर्नुहोस् । कुनैपनि परिस्थितिसँग नडराउनुहोस, त्यसको आनन्द लिनुहोस् । सफलता अवश्य हाता पर्नेछ ।
स्वास्थ्य मापदण्ड नभूलाैँ, मकर संक्रान्तिको शुभकामना ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस