भारतसँग जीटुजी माध्यमबाट मल खरिद प्रक्रिया अन्तिम चरणमा
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | ०८:५९:०० मा प्रकाशित
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार)को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ ।
सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिए । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उनले बताए ।
भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौतिक रूपमा हुने दुतावासले जनाएको छ ।
नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो । सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस