स्वास्थ्य

काेभिड संक्रमितले काठमाडाैंका अस्पताल भरिभराउ, पछिल्लाे एक हप्तामा कति प्रतिशतले बढ्याे काेराेना ? (तथ्यांकसहित हेर्नुहाेस्)

काठमाडाैं । काेराेना संक्रमणका कारणा काठमाडाैंका प्राय अस्पतालहरू भरिभराउ भएका छन् । मुलुकभर हिजाे मात्र ३ हजार ७५ जना कोरोना संक्रमित भेटिएका छन् । उक्त संख्या देशमा ओमिक्रोन पुष्टि भएपछिकाे सबैभन्दा बढी हो । 

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

गत एक हप्ता अघिदेखि नेपालमा काेरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएकाे छ । पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो । संक्रमणदर १.६७ प्रतिशत मात्र थियो । 

उक्त संख्या बढ्दै गएर एक हस्ता अगाडिदेिखि बढ्दै गएर पुस २२ गते १० हजार २६७ जनाको पीसीआर गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमणदर पनि ४.२४ प्रतिशत थियो।  अहिले यो संख्या चार गुणाले बढ्दै नेपालमा कोरोना संक्रमणदर २३.५९ प्रतिशत पुगेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । 

हाल दैनिक २ हजारभन्दा माथि संक्रमित भेटिन थालेका छन् । 

बुधबार भेटिएका ३ हजार ७५ संक्रमितमध्ये १ हजार ५३८ काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार १६८ ललितपुरमा २३६ र भक्तपुरमा १३४ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 

मंगलबार २ हजार ४४४ संक्रमित भेटिदा काठमाडौं उपत्यकामा मात्र १ हजार २८६, सोमबार कुल संक्रमित १ हजार ४४६ मध्ये ८७६, आइतबार १ हजार १६७ मध्ये ६१५ र शनिबार ९४४ मध्ये ४८१ संक्रमित उपत्यकाका थिए । 

पुस महिनाकाे पछिल्लाे एक हप्ताकाे काेराेना तथ्यांक यस्ताे छ :

गते जम्मा परीक्षण पोजिटिभ मृत्यु  संक्रमणदर प्रतिशतमा
22 १२०९९ ५४० १ ४.२६
23 १४९७१ ९६८ ० ६.४७
24 १३२६४ ९४४ ० ७.१२
25 १२६३२ ११६७ २ ९.२४
26 ११४२९ १४४६ २ १२.६५
27 १५०३३ २४४४ १ १६.२६
28 १३०३६ ३०७५ २ २३.५९

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत