‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | ११:३६:०० मा प्रकाशित

काठमाडाैँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' ले ''खल्तीमा १०० जीबी'' अफर ल्याएको छ जस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन् ।
१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात 'खल्ती' एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिने जनाएकाे छ ।
प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ।
‘खल्ती’ एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।
थप जानकारीको लागि आकृती शर्मा लाई aakriti.sharma@khalti.com मा ईमेल गर्न सकिने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस