अर्थतन्त्र

मंगलबार नेप्से ४९.१९ अंकले बढ्याे, ६ अर्ब ७२ करोड माथिकाे काराेबार

काठमाडाै । नेप्सेमा साताको कारोबारका तेस्रो  दिन मंगलबार दोहोरो अंकले वृद्धि भएको छ  । नेप्से आज  ४९.१९ अंकले बढेर दुई हजार ८ सय ३४ दशमलब १३ विन्दुमा पुगेको हो । 

आज ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैं, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, न्यादि जलविद्युत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।  

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेेले बताएकाे छ ।

गाउँ सहर संवाददाता