परोपकार युवा सञ्जाल र दाह्री ग्याङद्वारा न्यानाे कपडा र स्टेशनरी सामग्री सहयाेग
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित
मकवानपुर । परोपकार युवा सञ्जाल र दाह्री ग्याङले गरीब तथा असहाय विद्यार्थीहरुलाई संयुक्त रूपमा न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु सहयाेग गरेका छन् ।
मनहरी- ३ लामिटारमा सञ्चालित नवज्योती प्राविमा अध्ययनरत ३३ जना विपन्न तथा गरीब विद्यार्थीहरुलाई शनिबार एक सेट न्यानो कपडा, आधा दर्जन कापी, कलम लगायतका स्टेशनरी सामाग्रीहरु बितरण गरिएकाे हाे ।
परोपकार युवा सञ्जालका संयाेजक रमेश सापकाेटाका अनुसार गरीब तथा विपन्न वर्गका बालकालिकाहरू कपडा र पठन पाठनका सामाग्रीहरु अभावकै कारण विद्यालय जानबाट बञ्चिन नहुन भनेर सहयाेग गरिएकाे बताए ।
दाह्री ग्याङका केन्द्रिय संयोजक जगदिश भण्डारीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा ३ नं वडाका कार्यवाहक वडाध्यक्ष विष्णुबहादुर थिङको प्रमुख आतीथ्यता रहेको थियो ।
.jpg)
साे अवसरमा वडाध्यक्ष थिङले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै गरीब तथा असहाय विद्यार्थीहरुलाई गरिएकाे सहयोगले पठनपाठन लगायतका कृयाकलापमा थप हौसला पुग्ने बताए ।
नवज्योती प्राविका प्रधानाध्यापक जयराम अधिकारीले सहयाेगी संस्थाले प्रदान गरेको उक्त उपहारकाे प्रशंसा गर्दै भने,- ‘गरीब तथा विपन्न वर्गहरुलाई जीवीकोपार्जन गर्नै गाह्राे छ, बालबच्चालाई पठन पाठनका सामाग्रीहरु खरीद गर्न झन् मुस्किल भइरहेको हुन्छ, यस्तोमा संस्थाले गरेको सहयोगले बालबालीकालाई ठूलो मद्दत पुग्दछ । आगामी दिनमा पनि उनीहरुको मनोवल वृद्धिका लागि सहयोगको अपेक्षा गरेका छौँ’’ ।
दाह्री ग्याङका संयोजक भण्डारीले उक्त संस्था विगत लामो समयदेखि सामाजिक कार्यमा सकृय रहेको उल्लेख गर्दै भने- ‘यस्ता कार्यले गरीब तथा विपन्न बालबालिकाको मुहारमा खुशी ल्याउन सफल भएका छौँ, आगामी दिनमा पनि यो सकृयता कायम नै रहन्छ’ ।
कार्यक्रममा परोपकारी युवा सञ्जाल नेपाल तथा दाह्री ग्याङका संयोजक रमेश सापकोटा, मकवानपुर संयोजक अजित खड्का, सदस्यहरु अधिराज वाग्ले, बाबु श्रेष्ठ, दिवशराज आचार्य, सुरेन्द्र महर्जन, रामशरण धीताल, उमेश पराजुली, युवराज भण्डारी, संजय चौधरी, राजु गौतम, विद्यालयका सहायक प्रधानाध्यापक नविन रेग्मी लगायतको उपस्थित रहेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस