बोडिङ स्कुलमा आगलागीबाट तीन लाख बराबरको क्षति
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | ११:११:०० मा प्रकाशित
कर्णाली । आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको हाे । भुईँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उनले बताए । उनका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । त्यस्तै, आइतबार खार्पुनाथ गाँउपालिका–१ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङ्गा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस