स्थगित भयाे विवेकशील साझाको 'मेची–महाकाली राष्ट्रिय एकता यात्रा'
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १७:१९:०० मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीले पुस २७ गते (मंगलबार)देखि गर्ने भनेको 'मेची–महाकाली राष्ट्रिय एकता यात्रा' स्थगित गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर सुरु गर्न लागिको यात्रा कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण स्थगित गरिएको हो।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकका अनुसार झापादेखि कञ्चनपुरसम्म हुने यात्रामा दर्जनौँ स्थानमा आमसभा र अन्तर्क्रिया आयोजना गर्ने तय भएको थियो। आमसभा र अन्तर्क्रिया कार्यक्रमलाई अध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरुले सम्बोधन गर्ने तयारी थियो।
पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको पाठकले बताए।
निकट भविष्यमा अनुकूल समय पारेर 'मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गरिने पनि पाठकले बताए।
यात्रा स्थगित भएता पनि पुष २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको पाठकले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- आजकाे प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची
- सेती जलविद्युत् आयोजना आगामी मङ्सिरभित्रमा सम्पन्न हुने
- भारत भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
- घटेको भाडा दर कार्यान्वयनमा आएन
प्रतिकृया दिनुहोस