एक हजार ३०९ विदेशी कैदीबन्दी नेपाली कारागारमा
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडाैं । विदेशी कैदीबन्दी नेपाली कारागारमा सजाय काटिरहेका छन् । कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दी सजाय काटिरहेका छन् । नेपाली कारागारमा विदेशी कैदीबन्दीले सजाय काटिरहेको कारागार व्यवस्था विभागले जनाएको हाे । विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारमा रहेको कुल २४ हजार ८४० जना थुनुवा र कैदीबन्दीमध्ये एक हजार ३०९ जना विदेशी नागरिक अहिले कारागारमा छन् ।
एसियाली महादेश अन्तर्गत भारत एक हजार ४३, भुटान २५, चीन २६, पाकिस्तान २१, बङ्गलादेश ९, इरान १, सिङ्गापुर २, म्यानमार १, मलेसिया ४, जापान १, फिलिपिन्स १, थाइलेण्ड ४, दक्षिण कोरिया १, जोर्डन १, पपुवा न्यूगिनीका १ जना कारागारमा छन् ।
यस्तै, तान्जनिया २, नाइजेरिया ६, सेनेगल १, माली १, नामिबिया १, आइभरीकोष्ट २, टोगो १, नाइजेरिया २, दक्षिण अफ्रिकाका ३ जना कैदीबन्दी छन् ।
नेपालका कारागारमा अमेरिका २, क्यानडा १, बेलायत ३, जर्मन ३, डेनमार्क १, नेदरल्याण्डस् २, अष्ट्रिया १, स्पेन १, रसिया १, रोमानिया ४, भेनेजुयला १, बोलिभिया ८, अन्य देशका ३ सहित फ्रान्सका पाँच जनासहित एक हजार ३०९ जना विदेशी नागरिक रहेकाे कारागार व्यवस्था विभागले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस