डब्लूएचओको चेतावनी : नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमितमा सुनामी ल्याउँदै छ
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | १३:३३:०० मा प्रकाशित
काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ, कोभिडका नयाँ संक्रमणले संक्रमितको सुनामी ल्याउने छ,’ डा. गेहब्रेयससले बताए ।
डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएसँगै बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपियन देशमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।
फ्रान्स र बेलायतमा अप्रत्यासित दैनिक संक्रमितको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्री कालीन बन्दको घोषणा गरिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस