माओवादी महाधिवेशनमा नेपालले भने- बाँकी कुरा मिल्दै जान्छ, माओवादीसँग मन र भावना मिलिसक्याे
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १८:०४:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग मन र भावना मिलेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौँ महाधिवेशलाई सम्बोधन गर्दै माओवादीसँग अहिले मन र भावना मिलेको र बाँकी कुरा पनि मिल्दै जाने बताएका हुन् ।
नेपालले भने, ‘महाधिवेशन गरेर माओवादीसँग मन र भावना मिलेको छ । त्यो मिलेपछि बाँकी कुरा मिल्दै जान्छ ।’
नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
कानून र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए ।
राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कुराले मात्र जनताको मन जित्न सकिँदैन, काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने ।
संसदभित्र र संसद बाहिर रहेका दल र बुद्धिजीविहरुबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए ।
सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए । देश र जनताको समस्याकाबारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस