बिहीबार नेप्से दाेहाेराे अंकले बढ्याे, ४ अर्ब ४९ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको अन्तिम दिन बिहिबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.५३ बढेर दुई हजार पाँच सय २० दशमलब २३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको थियो ।
आज ४ अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ भने हिजाे ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेकाे नेप्सेले जनाएकाे छ । आज शिखर इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १६८८ रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य पनि ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७ प्रतिशतले बढेर प्रतिकित्ता ४४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ३६ करोड २४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस