विश्व

अदालतभित्र बिस्फोट : दुइ जनाकाे ज्यान गयाे, चार घाइते

एजेन्सी । अदालतभित्र बम बिस्फाेट भएकाे छ ।  भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको हाे ।

लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी दुइ जनाको मृत्यु भएको र  चार जना घाइते भएको एजेन्सीले जनाएको छ ।

बिस्फोट हुनासाथ प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन् । ६ तले अदातल भवनबाट धुँवा आइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा देख्न सकिन्छ ।

फाेटाे : Kamaljit Kaur Sandhu twitter

 

 

गाउँ सहर संवाददाता