रञ्जु दर्शनाले गरिन् पार्टी परित्यागको घोषणा (वक्तब्य सहित)
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १२:१५:०० मा प्रकाशित

काठमाडाैं । रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । विवेकशील साझा पार्टीको नेतृ रहेकी रन्जु दर्शनाले पार्टी परित्याग गरेकी हुन्। काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर लोकप्रिय मत ल्याएपछि चर्चामा रहँदै आएकी दर्शनाले विहिवार दुइ पेज लामो वक्तब्य दिँदै पार्टी परित्याग गरेको बताएकी छिन् ।
म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिमा अत्यधिक फोहोर गरेको आरोप लगाउादै उनले उक्त पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस