‘राप्रपामा युवा नेतृत्व आएसँगै देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ’ : लावती
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
.jpeg)
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले भर्खरै सम्पन्न राप्रपा महाधिवेशनले देश र समाजमा नयाँ आशाको संचार गरेको दाबी गरेका छन् ।
‘महाधिवेशनको प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपाले पार्टी नेतृत्व पुस्तान्तरण गर्यो । युवा नेतृत्व स्थापित भएसँगै राप्रपाप्रति देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ,’ राप्रपाका केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले बुधबार भने ।
‘देश र समाजले भरपर्दो राजनीतिक विकल्प खोजीरहेको समयमा राप्रपा महाधिवेशनबाट नयाँ तंरग संचार भएको छ । नवीन राप्रपा बन्ने बनाउने क्रमले राप्रपातर्फ आशा र भरोसाको लहर बढीरहेको छ । महाधिवेशन लगत्तै देखिएको पार्टी प्रवेशको लहर त्यही यथार्थको घोतक हो,’ नेता लावतीले मिक्लाजुङ–१ मा सम्पन्न भेलालाई सम्बोधन गर्दै भने ।
महाधिवेशनमा देखिएको आन्तरिक प्रतिष्पर्धाको अध्याय महाधिवेशनसँगै समाप्त भएको भन्दै केन्द्रीय सदस्य लावतीले अब पार्टी एक ढिक्का भएर जनतामा स्थापित हुनेतर्फ अग्रसर हुनु पर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेस, नेकपा एमाले समेत परित्याग गरी २७ जना राप्रपामा प्रवेश गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका नेता कमल कुमार राईले राप्रपाको अगुवाईमा देशले फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पदम देव केरुङ, चन्द्र लावती, पविन माखिम, ओम बजगाई, मदन चाम्लिङ, महेन्द्र आङदेङवे, युद्धचन्द्र राई, राजभक्त आङदेङवे, महेन्द्र राई लगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस