‘राप्रपामा युवा नेतृत्व आएसँगै देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ’ : लावती
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले भर्खरै सम्पन्न राप्रपा महाधिवेशनले देश र समाजमा नयाँ आशाको संचार गरेको दाबी गरेका छन् ।
‘महाधिवेशनको प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपाले पार्टी नेतृत्व पुस्तान्तरण गर्यो । युवा नेतृत्व स्थापित भएसँगै राप्रपाप्रति देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ,’ राप्रपाका केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले बुधबार भने ।
‘देश र समाजले भरपर्दो राजनीतिक विकल्प खोजीरहेको समयमा राप्रपा महाधिवेशनबाट नयाँ तंरग संचार भएको छ । नवीन राप्रपा बन्ने बनाउने क्रमले राप्रपातर्फ आशा र भरोसाको लहर बढीरहेको छ । महाधिवेशन लगत्तै देखिएको पार्टी प्रवेशको लहर त्यही यथार्थको घोतक हो,’ नेता लावतीले मिक्लाजुङ–१ मा सम्पन्न भेलालाई सम्बोधन गर्दै भने ।
महाधिवेशनमा देखिएको आन्तरिक प्रतिष्पर्धाको अध्याय महाधिवेशनसँगै समाप्त भएको भन्दै केन्द्रीय सदस्य लावतीले अब पार्टी एक ढिक्का भएर जनतामा स्थापित हुनेतर्फ अग्रसर हुनु पर्ने बताए ।
(1).jpg)
सो अवसरमा नेपाली कांग्रेस, नेकपा एमाले समेत परित्याग गरी २७ जना राप्रपामा प्रवेश गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका नेता कमल कुमार राईले राप्रपाको अगुवाईमा देशले फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पदम देव केरुङ, चन्द्र लावती, पविन माखिम, ओम बजगाई, मदन चाम्लिङ, महेन्द्र आङदेङवे, युद्धचन्द्र राई, राजभक्त आङदेङवे, महेन्द्र राई लगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस