अन्य प्रतिस्पर्धीलाई धेरै पछाडी छाडे गगन थापाले, विश्वप्रकाशलाई पछ्याउँदै प्रकाशशरण
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १४:१५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३१२० मत गणना भइसकेको छ ।
३३२० मत गणनामा गगनले २१६४ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १३२८ मत पाएका छन् ।
गगनले फराकिलो अग्रता लिएका छन् । दोस्रो स्थानमा विश्वप्रकाश शर्माले पनि अग्रता बढाएका छन् । उनलाइ प्रकाशशरण महतले पछ्याइरहेका छन् ।
यस्तै प्रकाशशरण महतले १०९२ मत पाएका छन्।
प्रदीप पौडेलले ९९९ मतसहित महतलाई पछ्याइरहेका छन्।
यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ५८८ मत पाउँदा कार्कीले ७६ मत पाएका छन्।
३३२० मतगणनामा
गगन कुमार थापा २१६४
विश्व प्रकाश शर्मा १३२८
प्रकाश शरण महत १०९२
प्रदिप पौडेल ९९९
मिनेन्द्र रिजाल ५८८
राजाराम कार्की ७६
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस