स्वास्थ्य
जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप नेपाल आइपुग्याे
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १३:२३:०० मा प्रकाशित
काठमाडाैं । काेराेनाविरूद्धकाे जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनकाे काेराेनाविरूद्धकाे डोज एक मात्रा लगाए पुग्छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिएका छन् ।
थापाका अनुसार खोप युनिसेफमार्फत आइपुगेको हो । यसअघि अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।
योसँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ । विभिन्न कम्पनीकाे अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस