राजनीति

कांग्रेस महामन्त्रीकाे मतगणना अपडेट : ११९५ मत गणना हुँदा गगन थापाकाे सबैभन्दा बढी, विश्वप्रकाश दाेस्राे

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । अहिलेसम्मकाे मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् ।

दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा देखिए छन् ।

एक हजार १९५ मत गन्दा गगन थापाले ७५६, विश्वप्रकाश शर्माले ४९०, डा. मीनेन्द्र रिजालले २२३, डा. प्रकाशरण महतले ३८९, प्रदीप पौडेलले ३०९ मत पाएका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुईजना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।

गाउँ सहर संवाददाता