पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा - नेता विश्वकर्मा
- गाउँ सहर संवाददाता
- ५ बैशाख शनिबार, २०८३ | १९:५५:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको बताएका छन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता थापा नेतृत्वको समूहलाई दिने फैसला गरेपछि उत्पन्न परिस्थितिबारे नेता विश्वकर्माले यस्तो धारणा राखेका हुन् ।
शनिबार काठमाडौँको गोल्फुटारस्थित पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा आयोजित निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
पार्टीभित्रको कानुनी विवाद अन्त्य भएसँगै अब सबै मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । अदालतको फैसलाका केही प्राविधिक विषयमा असहमति रहे पनि कांग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसला शिरोधार्य गर्ने उनको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस