राजनीति
देउवालाई भट्टराईकाे शुभकामना : प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन, अग्रगमनकारी शक्तिबीच एकता होस्
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १२:१८:०० मा प्रकाशित
काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा ) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले शुभकामना दिएका छन् । उनले ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।
‘प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्,’ उनले आफ्ना सामाजिक सञ्जालमा लेखेका छन्, ‘अग्रगमनकारी शक्तिबीच एकता होस्ः थप शुभेच्छा ।’
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
प्रतिकृया दिनुहोस