स्वास्थ्य

काठमाडौं उपत्यकामा १४७ जनासहित देशभर २६४ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ७०९ वटा नमुनाको परीक्षण गर्दा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ ।

त्यस्तै आज ३६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा १४७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १०९, भक्तपुरमा ८ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार ८३३ पुगेको छ ।

गाउँ सहर संवाददाता