काठमाडाैं । १५ सय एम्पुल लागूऔषधसहित ८० वर्षीय भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल– ११ मारवाडी टोल बस्ने ८० वर्षीय विजयकुमार कपुरलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा परवानीपुरबाट हेटौंडातर्फ जान गाडी कुरी बसिरहेका उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनले बोकेको झोलाबाट नुफ्रिन ५०० एम्पुल, डाइजेपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ५०० एम्पुल गरी एकहजार ५०० एम्पुल लागूऔषध बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
पक्राउ परेका कपुरलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस