गाउँ सहर
लागूऔषधसहित ८० वर्षीय भारतीय नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १२:२७:०० मा प्रकाशित
काठमाडाैं । १५ सय एम्पुल लागूऔषधसहित ८० वर्षीय भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल– ११ मारवाडी टोल बस्ने ८० वर्षीय विजयकुमार कपुरलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा परवानीपुरबाट हेटौंडातर्फ जान गाडी कुरी बसिरहेका उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनले बोकेको झोलाबाट नुफ्रिन ५०० एम्पुल, डाइजेपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ५०० एम्पुल गरी एकहजार ५०० एम्पुल लागूऔषध बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
पक्राउ परेका कपुरलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस