कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १५:११:०० मा प्रकाशित
काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीसँगै सह–महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नु पर्ने समय दिउँसो १२ः३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५७ जनाले आफ्ना नाम फिर्ता लिएको समितिले जनाएको छ । अझै केही उम्मेदवारीको नाम फिर्ता हुन सक्ने जनाएकाे छ ।
महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।
उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस