पहेँलाे धातुसहित भारतीय नागरीक पक्राउ
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:५३:०० मा प्रकाशित

काठमाडौं । पहेँलाे धातुसहित भारतीय नागरीक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका परेका हुन् ।
नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका हुन् ।
हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । सो क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
उनको बयानको आधारमा भारतीय आधार कार्डसमेत बोकेका कादर इब्राहिमलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस