कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- गाउँ सहर संवाददाता
- १८ जेठ आइतबार, २०८२ | १७:०९:०० मा प्रकाशित

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन्। राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले भोलिदेखि खास लडाइँ सुरु हुने बताएका हुन्।
'कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ- कमल थापालाई यहीँ ल्याइदिनुस्,' उनले भने, 'होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउछौँ खास लडाइँ भोलिबाट हुन्छ। अब एक ठाउँबाट भेला भएर होइन ५० ठाउँबाट निस्किन्छौँ। अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।'
उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै एक एक गरेर नभई देशभरबाट सिंगै परिवार लिएर सडकमा उत्रिने चेतावनी पनि दिए।
उनले थपे, 'हामीलाई कहिले यता जा भन्ने, त्यता जा भन्ने। नेतालाई गिरफ्तर गर्ने? भोलिदेखि हामी देखाउँछौँ।'
राजावादीहरूले जहाँ जा भन्यो त्यहाँ गएर प्रदर्शन गरिरहेको कुरालाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए। 'यो गणतन्त्र ढिलो चाँडो ढाल्ने नै हो। म प्रधानमन्त्री र गणतन्त्रवादीहरुलाई भन्छु- गइसकेको राजतन्त्र कसरी फर्किन्छ भन्नुहुन्छ। हामी देखाउँछौँ' उनले भने।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन्।
राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो। उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए। केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो।
राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो।
२०६२-६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए। त्यसबेला लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनका सहभागीहरूमाथि गोली चलाउन र ठूलो संख्याका नेता–कार्यकर्तामाथि धरपकड गर्न आदेश दिने थापा नै थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
- लिटल फ्लावरमा स्वास्थ्य परीक्षण
प्रतिकृया दिनुहोस